बिहीबार, फागुन २८, २०८२

विदेश अध्ययन अनुमति माग्दै दैनिक ६०० विद्यार्थीको आवेदन

चैतमा मात्रै विदेश अध्ययन अनुमति लिनेको संख्या १६ हजार नाघ्यो।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं– पछिल्लो समय नेपाली विद्यार्थीको वैदेशिक अध्ययनका लागि मोह बढ्न थालेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार गत साउनदेखि २२ चैतसम्म ८० हजार नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न अनुमतिपत्र (एनओसी) लिएका हुन्।

National life

शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ। अनलाइनमा आवेदन आएको एक दिनमै रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ।

बिहीबार मात्रै ६०९ अनलाइन आवेदन परेकामा ५२९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले जानकारी दिए। उनका अनुसार आवेदन स्वीकृत भएका ५०० आवेदकले आज एनओसी पत्र पाउनेछन्।

शाखाका अनुसार २०७८ वैशाखमा १ हजार ६९६, जेठमा ४५६, असारमा ३ हजार १०९, साउनमा ५ हजार ३४१, भदौमा ५हजार ८६०, असोजमा ४ हजार ९६३, कात्तिकमा ३ हजार ७५७, मंसिरमा ५ हजार ६९५, पुसमा ७ हजार ८५, माघमा ९ हजार ५१३, फागुनमा १३ हजार ९७२ र चैतमा १६ हजार ३४८ जनाले वैदेशिक अध्ययनका लागि एनओसी लिएका थिए।

आउँदो वर्षको वैशाखका लागि १५ हजार ७७१ र जेठमा १४ हजार ६१३ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन्। अध्ययनका लागि अस्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको सख्या बढी छ।

Laxmi sunrise bank
kumari

हाल औसतमा दैनिक ६०० जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ।अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन बस्नेको संख्या घट्नाका साथै सेवा प्रवाह सहज र छिटो भएको एनओसीले जिकिर गरेको छ।

प्रकाशित: Apr 07, 2023| 13:40 शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्