बिहीबार, फागुन २८, २०८२

वायु प्रदूषणको अवस्था दर्शाउन मन्त्रालयको मूल गेटमै राखियो कृत्रिम फोक्सो 

मन्त्रालयको मूल गेटमै राखिएको जोडी फोक्सोको रंग वायु प्रदूषणको प्रभावले परिवर्तन हुने हुँदा यसबाट कसरी वायु प्रदूषणले मानिसको फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउन सकिने।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मूल गेटमै कृत्रिम फोक्सो जडान गरिएको छ। शुक्रबार मन्त्रालयले विश्व स्वास्थ्य दिवस अवसर पारेर अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो।

National life

मन्त्रालयले सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यो फोक्सो वायु प्रदूषणको अवस्था तथा हावाको स्वच्छता जाँच गर्न  जडान गरिएको जानकारी दिए।

उनले भने, ‘यो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको छ, जसले मानिसको फोक्सोको श्वास फेर्ने गतिलाई प्रतिविम्बित गर्दछ। ३० दिने अवधिमा यो जोडी फोक्सोको रंग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ। यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत हुन्छ।’

उनले उक्त कृत्रिम फोक्सोले काठमाडौंको स्वस्थ हावाको मापदण्ड नियमित देखाउने बताए। कृत्रिम फोक्सोमार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे आमसर्वसाधारण र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म घर बाहिर ननिस्कनेलगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य रहेको डा. अधिकारीको भनाइ छ। 

आइक्यु एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्यांकमा विश्वका १३१ देशमध्ये धेरै वायु प्रदूषण हुने देशमा नेपाल १६औं स्थानमा छ।

Laxmi sunrise bank
kumari

वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार १०० को मृत्यु थियो। त्यसमध्ये काठमाडौंमा मात्रै ४ हजार ८० जनाको मृत्यु भएको हो।

प्रकाशित: Apr 07, 2023| 13:09 शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्