बिहीबार, फागुन २८, २०८२

कलेजो खराब त भइरहेको छैन? यस्ता लक्षण देखिँदा लापरबाही नगरौं

कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो।
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

काठमाडौं- कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो। कलेजोले रगतमा रहेको बेकार तत्त्वलाई फिल्टर गर्ने काम गर्छ। यसका साथै पित्त नामक एक महत्त्वपूर्ण पाचक रसायन उत्पादन गर्ने काम पनि गर्छ। यसले रगत फिल्टर गर्नेमात्र नभई ग्लाइकोजन नामक तत्त्वका नाममा ऊर्जा भण्डारण गर्ने काम पनि गर्छ। 

National life

शरीरको यस्तो महत्त्वपूर्ण अंगको रेखदेखमा हामीले लापरबाही गर्नु हुँदैन। कलेजो बिग्रिएमा मानिसको ज्यान पनि जान सक्छ। समयमै कलेजो बिग्रिरहेको लक्षण थाहा पाउँदा उपचार गरेर यसको जोखिमबाट जोगिन सकिन्छ।

कलेजो खराब हुनु भनेको यसले आफ्नो काम राम्रोसँग गर्न नसक्नु हो। कलेजो खराब मानिस तत्काल चिकित्सककोमा पुग्नुपर्छ। आम रुपमा हेपाटाइटिस बी, लिभर सिरोसिस जस्ता समस्या भएका मानिसमा कलेजो बिग्रिने सम्भावना बढी हुन्छ।

रक्सी र औषधिको धेरै सेवन गर्ने मानिसमा पनि कलेजोमा समस्या देखिने जोखिम हुन्छ। स्वास्थ्य विशेषज्ञका अनुसार कलेजो खराब हुन एक वर्षभन्दा धेरै समय लाग्छ। त्यसैले हामीले समयमै कलेजो बिग्रिरहेको लक्षण थाहा पाए स्वास्थ्यकर्मीको सम्पर्कमा गइहाल्नुपर्छ। यसबाट कलेजोसम्बन्धी ठूलो जोखिमबाट जोगिन सकिन्छ।

कलेजोलाई जोगाउन रक्सी र अल्कोहलिक पदार्थको सेवन गर्नु हुँदैन। चिकित्सकले पनि यही सुझाव दिने गर्छन्। यस्ता बिरामीलाई उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा ध्यान दिन परामर्श दिने गरिन्छ। यस्ता बिरामीले खानामा नुनको कम प्रयोग गर्ने, रातो मासु, चीज र अण्डाको कम उपभोग गर्न सुझाव दिइन्छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 08, 2023| 06:10 शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्