शनिबार, जेठ २, २०८३

चन्द्रागिरि हिल्समा सेयरधनीलाई २५ प्रतिशतसम्म छुट

 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- चन्द्रागिरि हिल्स लिमिटेडले आगामी नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट दिने भएको छ।

National life

यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीहरुले जिपलाइन, स्काइ साइक्लिङ, स्वीङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काइवाक तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिन सेयरधनीले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ। यो योजना एक वर्षका लागि लागु हुने भएको छ।

काठमाडौं उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तव्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि लोकप्रिय छ। यसका साथै प्रत्येक भ्रमणमा सेयरधनीलाई सन्ध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने कम्पनीले जनाएको छ।
 

प्रकाशित: Apr 06, 2023| 19:40 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्