बिहीबार, साउन ७, २०८३

 नेपालीबाटै लुटिन्छन् दशैंमा घर फर्किनेहरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
प्रतिनिधि तस्बिर 

भैरहवा- चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीलाई भारतीय भूमिमा नेपालीहरुले नै आफन्त बनेर लुट्ने गरेको पाइएको छ। यसरी आफन्त बनेर नेपालीले नै नेपालीलाई लुट्न थालेपछि नेपाल प्रहरीले बाटोमा भेटिएर नाता जोड्नेहरुसंग सर्तक रहन आग्रह समेत गरेको छ।

सुनौली-भैरहवा नाका हुँदै दशैं, तिहार, छठ र नेपाल सम्वत जस्ता नजिकिएका चाडपर्व मनाउन स्वदेश फर्किने क्रममा भारतीय भूमिमा नेपालीहरुले नै चिनजान गरेर उनीहरुलाई नशालु पदार्थ ख्वाई लुट्ने गरेपछि प्रहरीले त्यस्तो आग्रह गरेको हो।

बेलहियास्थित नेपाल प्रहरीका प्रहरी निरीक्षक विर बहादुर थापाका अनुसार दशैं मनाउन फर्किएकाहरु मध्ये अहिलेसम्म छ जना नेपाली लुटिएका छन्। उनीहरुलाई भारतको गोरखपुर, वनारस र कानपुरमा टिकट काट्ने क्रममा चिनजान भएका नेपालीहरुले विस्कुट तथा जुस खुवाई लुट्ने गरेका छन्।

टिकट काउन्टरमा चिनजान हुन्छ अनि एउटै जिल्लाको भएको परिचय दिन्छन् र संगै सिटमा कुराकानी गर्दै आउँछन्। अनि चिसो तथा विस्कुट खुवाएर लुटेर भाग्ने  लुटेराहरुको प्रवृति एउटै भएको प्रहरी निरिक्षक थापा बताउँछन्।

साउन यता अहिले सम्म १३ जना लुटिएका छन्। पछिल्लो समय दाङ हासीपुरका ३२ वर्षिय देवबहादुर आले लुटिए। उनी लुटिएको केहि दिनमै गुल्मी पराल्मीका ४६ वर्षिय बल बहादुर रास्कोटीको १८ हजार भारु लुटियो गोरखपुरमा। दिल्लीबाट स्यांङ्जा वालिंङ ८ घर फर्किदै गरेका ५४ वर्षिय धन बहादुर विश्वकर्माको १४ हजार भारु लुटिएको अर्को दिन कास्की लेखनाथ ८ का ४३ वर्षिय हेम बहादुर गुरुंगको १५ हजार भारु वनारसबाट आउदैं गर्दा संगै सिटमा बसेकाले लुटेर भागे।

यसरी लुटीनेमा रुपन्देही देवदह ६ का वर्ष ४३ का दिलबहादुर थेरीमगर पनि छन्। उनको ६० हजार भारु लुटिएको छ। यस्तै प्युठान ऐरावति गाउँपालिका ४ का १८ वर्षिय अर्जुन बुढामगर पनि ४० हजार भारु सहित लुटिए।

भारतमा वर्षभरी मजदुरी गरेर चाडपर्वको बेला परिवारसँग मिठो खाउँला, रमाईलो गरौंला भनेर स्वदेश फर्किनेहरुलाई भारतमै साईनो लगाएर, आफन्त बनेर लुट्ने नेपालीहरु नै भएको प्रहरीको दाबी छ। अहिले दैनिक १५ सयको हाराहारीमा बेलहिया नाकाबाट नेपालीहरु घर फर्किरहेका छन्। बेखर्ची भएकाहरुका लागी प्रहरीले स्थानियहरुको सहयोगमा नेपाल भारत सीमा क्षेत्र बेलहियामा सहायता कक्ष समेत स्थापना गरेको छ । बेखर्चि भएकाहरुलाई बस व्यवसायीलाई आग्रह गरेर गन्तब्य सम्म पुराउने समेत काम भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।