मंगलबार, कात्तिक ११, २०८२

नेपालसहितका ९ टोली एकदिवसीय विश्वकप छनोटमा

छनोट खेल्ने १० मध्ये टेस्ट खेल्ने श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेपालसहितका ९ टोलीको टुंगो लागेको हो। 
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं– जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि ९ टोलीको टुंगो लागेको छ। छनोट खेल्ने १० मध्ये टेस्ट खेल्ने श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेपालसहितका ९ टोलीको टुंगो लागेको हो।

Kumaribank

सुपर लिगतर्फ पुछारमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे तथा नेदरल्यान्ड्सले पनि नेपालजस्तै छनोट खेल्न पाउने भएका छन्। विश्वकप लिग–२ को शीर्ष ३ मा परेर स्कटल्यान्ड, ओमान र नेपालले छनोट खेल्ने पक्का गरेका थिए।

प्लेअफबाट अमेरिका र यूएईले पनि विश्वकप छनोटमा स्थान पक्का गरेपछि ९ टिम पुगेका हुन्। सुपर लिगमै रहेका टेस्ट टोली दक्षिण अफ्रिका र आयरल्यान्डमध्ये एउटाले सीधै विश्वकप खेल्दा अर्को टिमले नेपासहितका देशसँग छनोट खेल्नेछ।

आयरल्यान्ड नेपासहितका देशसँग छनोट खेल्न आउने सम्भावना धेरै छ। आयरल्यान्डले अब बंगलादेशलाई खेल्न बाँकी ३ वटै खेलमा पराजित गरे मात्रै दक्षिण अफ्रिकासँग अंकमा बराबरी गर्नेछ। बंगलादेशसँगको तीनमध्ये एउटामा मात्रै पराजित हुँदा पनि दक्षिण अफ्रिकाले सीधै विश्वकप छनोट खेल्नेछ। 

अब सम्भवतः १० टिमले जिम्बाब्वेमा हुने विश्वकप छनोट खेल्नेछन्। ५/५ टीमलाई दुई समूहमा बाँडेर शुरूमा राउन्ड रोबिनका आधारमा प्रतियोगिता खेलाइने छ।

Metro Mart

दुवै समूहका शीर्ष ३ टोलीले सुपर सिक्समा एकअर्काविरुद्ध खेल्नेछन्। त्यसमा शीर्ष २ मा रहने टोलीले विश्वकप खेल्नेछन्।
आयोजक, सुपर लिगका ७ टोली र नेपालसहितको क्वालिफायर प्लेअफबाट आउने २ सहितका १० टोलीले भारतमा हुने एकदिवसीय विश्वकप खेल्नेछन्।

प्रकाशित: Apr 05, 2023| 14:10 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।