मंगलबार, कात्तिक ११, २०८२

भारतीय क्लब लर्डस एफसीमा अनुबन्ध भइन् मिडफिल्डर दीपा

दीपाले राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामै विदेशी लिगमा खेल्ने अवसर पाएकी हुन्। 
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं– नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही यस सिजनको लिगका लागि भारतीय शीर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छन्। दीपाले राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामै विदेशी लिगमा खेल्ने अवसर पाएकी हुन्। 

Kumaribank

३ दिनअघि लर्डससँग लिखित सम्झौता भएको दीपाले बताइन्। साफ यू–१८ मा मिडफिल्डमा बलियो पकड बनाएकी उनी हाल विभागीय क्लब त्रिभुवन आर्मीमा आबद्ध छन्।

यस्तै, दीपाले राष्ट्रिय उपमेयर कपमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै साफ यू–१८ प्रतियोगितासमेत खेलिन्। साफ च्याम्पियनसिपका क्रममा राष्ट्रिय टिममा डेब्यु गरेकी दीपाले गत महिना सम्पन्न यू–२० प्रतियोगितामा पनि राम्रो खेल कौशल देखाएकी थिइन्।

नेपालबाट यसअघि सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय लिग खेलिसकेका छन्। सावित्राली सेथु एफसी र गोकुलम केरालाबाट लिग उपाधि जितेकी हुन्।

प्रकाशित: Apr 05, 2023| 12:52 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।