काठमाडौं- वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप मंगलबार राजधानीमा सुरु भएको छ। वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षणको हलमा मंगलवारबाट सुरु भएको हो।
प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न ६ तौल समूहमा खेलाडीले प्रतिष्पर्धा गर्दैछन्। चैत २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १० टोलीका १ सय ४० खेलाडीले प्रतिष्पर्धा गर्नेछन्। प्रत्येक विधाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थानको खेलाडीले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।
जस अन्तर्गत पुरुषतर्फ ५१, ५७, ६३।५, ७१, ८० र ९२ केजी तौल समूह र महिलातर्फ ५०, ५४, ५७,६०, ६८ र ७५ केजी तौल समूहमा प्रतिष्पर्धा हुँदैछ। प्रतियोगितामा तीन विभागीय टोलीका साथै सात प्रदेशका खेलाडीले सहभागी जनाएका छन्।प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले गरेका हुन्।