आइतबार, वैशाख १३, २०८३

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै गुजरात टाईटन्सले लगातार दोस्रो जित हासिल गरेको छ। 
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै गुजरात टाईटन्सले लगातार दोस्रो जित हासिल गरेको छ। 

National life

गुजरातले दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा दिल्लीलाई ६ विकेटले पराजित गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर  १ सय ६३ रनको लक्ष्य दिएकोमा गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। 

सुरुवाती ब्याटिङ गरेको दिल्लीका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३७, अक्षर पटेलले ३६, सर्फराज खानले ३० रन तथा अभिशेक पोरेलले २० रन बनाए। दिल्लीलाई ठूलो स्कोर खडा गर्न नदिन राशिद खान र मोहम्मद शमीले समान ३ विकेट लिँदा अल्जरी जोशेफले २ विकेट लिए।

जवाफी ब्याटिमा उत्रिएको गुजरातका लागि साइ सुदर्शनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक अविजित ६२ रन बनाउँदा डेभिड मिलर ३१ रनमा अविजित रहे। त्यस्तै विजय शंकरले २९ रन बनाउँदा ओपनर द्वय ऋद्दिमान शाह र शुभमन गिलले समान १४ रन बनाए।

दिल्लीका लागि खलिल अहमेदले एनरिच नोर्कियाले सर्वाधिक २ विकेट लिँदा खलिल अहमेद र मिचेल मार्सले समान १ विकेट लिए।

kumari

लगातार दोस्रो जित हात पारेको गुजरात ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ। लगातार दोस्रो हार व्यहोरेको दिल्ली अंकबिहिन रुपमा आठौँ स्थानमा रहेको छ।

प्रकाशित: Apr 05, 2023| 06:39 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।