सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पोखरामा भोलिदेखि 'बलियो नेपाल कप' क्रिकेट

 |  मंगलबार, चैत २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

पोखरा- बलियो नेपाल न्यूट्रिसन इनिसियटिभको आयोजनामा यही चैत २२ गतेदेखि पोखरा रङ्गशलाास्थित क्रिकेट मैदानमा ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सञ्चालन हुने भएको छ।

triton college

ग्रासरुट क्रिकेटको विकास गर्दै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य प्रतियोगिताको छ। खेलाडीमा लुकेको प्रतिभा उजागर गर्ने र उनीहरूलाई खेल्ने प्लेटफर्म सिर्जना गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। 

प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले सहभागिता जनाउने नेपाल न्यूट्रिसन इनिसियटिभका वित्त तथा प्रशासन व्यवस्थापक प्रकाश बख्रेलले जानकारी दिए। 

उनका अनुसार अनुसार टि–२० ढाँचामा खेलाइने प्रतियोगितामा सहभागी छ टिमलाई दुई समूहमा विभाजन गरेर लिगकम नक–आउटका आधारमा प्रतिस्पर्धा गराइनेछ। यसअघि लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागितामा पहिलो संस्करण र पाँच प्रदेशको सहभागितामा काठमाडौँमा दोस्रो संस्करणको प्रतियोगिता सम्पन्न भइसकेको छ। 

प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार र द्वितीय हुने टोलीलाई रु २५ हजारसहित ट्रफी र मेडल पुरस्कार प्रदान गरिने जनाइएको छ। प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ घोषित एक जना खेलाडीलाई नगद रु १० हजारसहित ट्रफी तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर एक/एक जनालाई नगद रु सात÷सात हजार र इमर्जिङ प्लेयरलाई नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

Metro Mart
vianet

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। उनले भने, “ग्रासरुट क्रिकेटको महत्त्व बुझेर नै खेलाडीलाई प्लेटफर्म प्रदान गर्न प्रतियोगिता हुन लागेको हो। सबै मिलेर खेलाडीलाई खेल्ने वातावरण निर्माण गर्नुपर्दछ।”

नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय सदस्य ऋषिराम गौतम र कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्रिकेट खेल विकासका लागि प्रतियोगिता आयोजना गरिएकाले सम्पूर्ण पोखरेलीले यसलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो। प्रतियोगिता यही चैत २७ गतेसम्म सञ्चालन हुनेछ। 
 

प्रकाशित: Apr 04, 2023| 21:42 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।