बिहीबार, साउन ७, २०८३

सस्तो बजारमा अखाद्‍य वस्तु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- दशैंमा उपभोक्ताहरुका लागि जनकपुरमा सञ्चालन गरिएको दशैं (सस्तो ) बजारमा अखाद्य वस्तु फेला परेको छ। सञ्चालन भएको भोलिपल्ट अनुगमनको क्रममा दशैं बजारमा अखाद्य वस्तु फेला परेको हो।

जनकपुर उद्योग वाणिज्य संघको पहलमा हरेक वर्ष दशैंमा लाग्ने सस्तो बजारको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले बुधबार उद्घाटन गरेका थिए।

सस्तो बजारमा अखाद्य पदार्थ बिक्रि वितरण गर्ने एक व्यापारीलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको छ। जनकपुरको गोपाल धर्मशालामा लगाइएको सस्तो बजारमा अनुगमनको क्रममा आइसक्रिम विक्रेता विकास दासलाई अनुगमन टोलीले पक्राउ गरेको छ।

अनुगमनको क्रममा आइसक्रिममा देखिएको कालो पदार्थ के हो भनेर अनुगमन टोलीले प्रश्न गरेपछि विक्रेता दासले बाख्राको दिसा रहेको भन्दै अटेरी प्रतिक्रिया दिएपछि उनलाई नियन्त्रणमा लिइएको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि जितेन्द्रप्रसाद सिंहले बताए।

जनकपुर उपमहानगरपालिका-८ स्थित मनोज चौधरीले सञ्चालन गरेको अमर आइसक्रिम उद्योगबाट उत्पादित अमर आइसक्रिमहरुमा म्याद समेत उल्लेख नगरिएको अनुगमन टोलीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत दिनेश साहको नेतृत्वमा गरिएको अनुगमन टोलीमा नापतौल धनुषाका विरेन्द्र उपाध्याय, जिल्ला प्रहरी कार्यालयका हवल्दार शंकर कटुवाललगायतका व्यक्तिहरुको सहभागिता थियो।

हिन्दुहरुको ठुलो चाड दशैं, तिहार तथा छठलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय धनुषाले अनुगमनलाई तीव्रता दिएको छ। चाडपर्वको समयमा कालाबजारी, महँगी बढेको जनगुनासको आधारमा अुगमनलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।