काठमाडौं- जावलाखेल युथ क्लबले रोयल ब्लु सातदोबाटो युथ क्लबलाई पराजित गर्दै सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थान उक्लिएको छ।
मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोलाई २-१ गोलअन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो।
जावलाखेललाई जिताउन फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरे। पराजित सातदोबाटोका दीपकसिंह ठकुरीले सान्त्वना गोल गरे।
यो जितपछि जावलाखेलले ६ खेलबाट १३ अंक जोड्दै लिगको स्थानमा उक्लिएको छ। पराजित सातदोबाटो ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा झरेको छ।