बिहीबार, फागुन २८, २०८२

जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन

 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

तनहुँ- जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ।

National life

अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन।

तीन/चार वर्षदेखि एक्स-रे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राहीले सेवा लिनबाट बञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। स्वास्थ्य मन्त्रलालयबाट रेडियोग्राफीका लागि पटक/पटक अनुरोध गरेपनि व्यवस्था हुन नसकेको उनको भनाइ छ।

‘आगामी बर्षदेखि सञ्चालनमा ल्याई सेवा प्रवाह गर्ने योजना बनाएका छौँ’, गाउँपालिकाका अध्यक्ष थापाले भने, ‘जनशक्तिको अभावमा नागरिकलाई भिडियो एक्स-रे सेवा दिन नसक्दा कठिनाइ भोग्नुपरेको छ।’

उक्त अस्पताल १५ शय्या क्षमताको छ। अस्पतालबाट आँखा, प्रसूति, दाँत, ल्याव, फार्मेसीलगायतका सेवा प्रवाह गरिएको छ। एमबिबिएस डाक्टर दुई, हेल्थ असिस्टेन्ट चार, स्टाफ नर्स तीन, ल्याव तीन, फार्मेसी दुई, प्रशासन दुई र एक्स-रेमा एक गरी ४४ जना जनशक्ति छन।

Laxmi sunrise bank
kumari

अस्पतालमा दैनिक ७० देखि एक सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका चिकित्सक आशीष अधिकारीले जानकारी दिए।

अस्पतालमा रुघाखोकी, दम, सुगर, प्रेसर, मुट, क्यान्सर लगायतका बिरामीको चाप बढी हुने गरेको छ। महिलाहरुको पाठेघरको क्यान्सर भए/नभएको जाँचका लागि दैनिक भिआइए परीक्षणको निःशुल्क व्यवस्था मिलाइएको छ।

प्रकाशित: Apr 04, 2023| 22:02 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्