बिहीबार, फागुन २८, २०८२

कोरोना संक्रमण देखिनासाथ आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले कोरोना संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबै नागरिकलाई अपिल गरेको हो।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं– पछिल्लो समय कोरोना संक्रमितको ग्राफ उकालो लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 
सर्वसाधारणलाई संक्रमणका लक्षण देखिनासाथ आइसोलेसनमा बस्न आग्रह गरेको छ।

National life

मंगलबार मन्त्रालयले सूचना जारी गरी कोरोना संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबै नागरिकलाई अपिल गरेको हो।

‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर वहाना नगरौं। कोभिडका लक्षण देखिनेबित्तिकै परीक्षण गराऔं र आइसोलेसनमा बसौं,’ मन्त्रालयको सूचनामा भनिएको छ।
हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्ने भएकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ। 

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी.१.१६ देखा परेको छ। छिमेकी भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमणण बढिरहेको छ। 

मन्त्रालयले कोरोना बच्न नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोनाविरुद्धको खोप लगाउन, बेलाबेला साबुनपानी वा स्यानिटाइजरले हात सफा गर्न, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले नाकमुख छोप्न र भौतिक दूरी २ मिटर राख्न आग्रह गरेको छ।

Laxmi sunrise bank
kumari

मन्त्रालयले संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका वहन गर्नसमेत आग्रह गरेको छ। कोरोना महामारी अझ पनि पूर्ण रुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई मन्त्रालयले सुझाएको छ। 

शून्यमा झरेको कोरोना संक्रमण चैत लागेसँगै क्रमशः बढिरहेको छ। २० चैतमा मात्रै ७६ जना कोरोना संक्रमित फेला परेका थिए।

प्रकाशित: Apr 04, 2023| 13:47 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्