बिहीबार, कात्तिक २७, २०८२

लघु चलचित्र प्रतियोगिता हुँदै

मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैंगिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गरिने भएको हो।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं– चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ। मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैंगिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गरिने भएको हो।

National life

‘लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। चलचित्रकर्मीलाई सरल र सहजताका लागि बोर्ड सदैव साथमै छ’, बोर्ड अध्यक्ष भुवन केसीले भने।

प्रतियोगितामा सहभागी हुन बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम १० वैशाख २०८० सम्म बोर्डको कार्यालय अथवा इमेलमार्फत पेस गर्नुपर्नेछ। प्रतियोगितामा उत्कृष्ट हुने तीन चलचित्रले क्रमशः प्रथम हुने चलचित्रले १ लाख ५० हजार, द्वितीय हुनेले १ लाख र तृतीय हुनेले ७५ हजार प्राप्त गर्नेछन्। 

पुरस्कृत चलचित्रलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रूपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, विशेष प्रदर्शनीमा सहभागी गराउनेछ।

प्रतियोगितामा सहभागी हुने चलचित्र कम्तीमा ५० प्रतिशत नेपालमै छायांकन भएको र चलचित्रकर्मी नेपाली भएको हुनुपर्नेछ। साथै, सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रले मात्र भाग लिन पाउनेछन् र ती चलचित्रले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 04, 2023| 10:58 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्