शुक्रबार, फागुन १, २०८२

बराबरीका खेल खेलेका टोटनहम र एभरटनले अंक बाँडे

टोटनहम र एभरटनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन्।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं- टोटनहम र एभरटनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन्।

National life

प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले समान अंक बाडेका हुन्। 

दुवैतर्फका एक एक खेलाडीले रातो कार्ड पाउँदा दुवै टोली १०–१० खेलाडीमा सिमित हुन परेको थियो।  

पहिलो हाफमा गोलरहित बराबरीको खेल भए पनि दोस्रो हाफको ६८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए  तर दोस्रो हाफको अन्तिम मिनेटमा एभरटनका माइकल किनले गोल फर्काएर खेललाई १–१ को अवस्थामा ल्याईदिए।

बराबरीको खेल खेलर अंक बाडेका दुवै टोलीले १०–१० खेलाडीमा सिमित रहेर खेलेका थिए। दोस्रो हाफको ५८औं मिनेटमा अब्दुलाय डेकुरले रातो कार्ड पाएपछि एभरटन १० खेलाडीमा समेटिएको थियाे भने टोटनहमका लुकास माउरा खेलको अन्तिम समयमा अर्थात ८८औं मिनेटमा रातो कार्ड पाएर बाहिरिएका थिए।

Laxmi sunrise bank

प्रकाशित: Apr 04, 2023| 08:35 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।