बिहीबार, फागुन २८, २०८२

मौसमी फ्लूबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह

मौसमी फ्लूका बिरामी बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसबाट जोगिन आग्रह गरेको छ।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं- मौसमी फ्लूका बिरामी बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसबाट जोगिन आग्रह गरेको छ।

National life

लामो समय पानी नपर्दा बढेको प्रदूषणका कारण मौसमी फ्लू बढेको बताइएको मन्त्रालयले जनाएको छ। केही समययता पानी परे पनि फ्लू लाग्नेक्रम नरोकिएकाले अस्पतालमा फ्लू लागेर आउनेको चाप उच्च रहेको मन्त्रालयको भनाइ छ। 

यसबाट बच्न फ्लू लागेका व्यक्तिबाट टाढै बस्नु पर्ने तथा आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्ने लगायतका स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैलाई मास्क लगाउन मन्त्रालयले आग्रह गरेको छ। मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न पनि मन्त्रालयले सुझाएको छ। खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्नु र  बेलाबेलामा साबुनपानीले हात धोन मन्त्रालयको आग्रह छ।

हातले आँखा, नाक वा मुख छुन नहुने बताएको मन्त्रालयले  तातो पानी पिउने, बाफ लिनेजस्ता घरेलु उपचार विधि अपनाउन सकिने पनि मन्त्रालयले बताएको छ। प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान आग्रह गरेको मन्त्रालयले गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि सुझाएको छ। 

Laxmi sunrise bank
kumari

स्वास्थ्य मन्त्रालयले सम्भव भएसम्म फ्लूविरुद्धको खोप लगाउन पनि आग्रह गरेको छ।

प्रकाशित: Apr 04, 2023| 07:55 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्