काठमाडौं- इन्डियन प्रिमियर लिग २०२३ को सोमबार भएको खेलमा चेन्नई सु्पर किंग्सले लखनाउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।
इंग्लिस अलराउन्डर मोइन अलीले २६ रन खर्चेर चार विकेटको घातक बलिङ गर्दा चेन्नईले लखनाउलाई १२ रनले पराजित गरेको हो।
जितका लागि २ सय १८ रन पछ्याउने क्रममा लखनउले ५.३ ओभरमा ७९ रन बनाएको थियो। केल मेयर्सले २२ बलमै ५३ रन बनाए। तर मोइनले उनीसँगै अर्का ओपनर केएल राहुललाई पनि २० रनमा आउट पारे।
मोइनले क्रुनाल पान्ड्या र मार्कस स्टोइनसको पनि विकेट लिएपछि लखनउले सात विकेटमा २ सय ५ रन मात्र बनाउन स्क्यो। त्यसअगाडि सात विकेटमा २ सय १७ रन बनाएको थियो र ऋतुराज गायकवाडले ५७ तथा डेविन कनवेले ४७ रन बनाए।