सोमबार, वैशाख २८, २०८३

नेपालमा एकैदिन १० जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट पुष्टि भएको छ।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं- नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट पुष्टि भएको छ। चैत महिनामा संकलित २४ वटा नमुनामामध्ये १० जनामा ओमिक्रोनको नयाँ भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

National life

मन्त्रालयका अनुसार उनीहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ को संक्रमण पुष्टि भएको हो।

कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रूपमा गरेको पछिल्लोपटकको परीक्षण नतिजा अनुसार २४ वटै नमुनाहरूमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ। तीमध्ये १० जनामा नयाँ भेरियन्ट देखिएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

नेपालमा अहिले मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि वृद्धि हुँदै गएको छ। संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयलले जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न पनि आग्रह गरेको छ।

He16805335141680570001.jpg

प्रकाशित: Apr 04, 2023| 06:44 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्