आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

National life
kumari

काठमाडौं- चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशालाको स्वामित्व ग्रहण गरेर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो।

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको रंगशालाको काम रकम अभावका कारण केही वर्षदेखि अलपत्र छ। कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाएर रंगशाला निर्माण रोकेका थिए।

फाउन्डेसनका संस्थापक कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई सार्वजनिक आह्वान गरेका थिए। कट्टेलले अहिलेसम्म उधारोमा काम गरेको र ५४ करोड खर्च भएकोमा करिब १६ करोड रुपैयाँ उधारो भइसकेको बताएका थिए। एकैपटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले अब आफूहरूको सामर्थ्यले नधान्ने भन्दै काम रोक्नुपरेको उनको भनाइ थियो।
 

प्रकाशित: Apr 03, 2023| 19:09 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।