बिहीबार, फागुन २८, २०८२

सुनकोशीले कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम पढाइने

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

सिन्धुपाल्चोक- सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पाठ्यक्रम निर्माण गरी लागू गर्न लागेको हो। 

National life

गाउँपालिकाले बाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो। कार्यदलले दुई महिना लगाएर सरोकारवाला र सम्बन्धित विज्ञहरुसँग छलफल र राय सुझाव समेटी ‘हाम्रो सुनकोशी’ नाममा पाठ्यक्रम तयार पारेको छ। गाउँपालिकाका सामुदायिक र निजी विद्यालयमा कक्षा १ देखि ८ सम्म उक्त पाठ्यक्रम लागू गरिने गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए।

सुनकोशी गाउँपालिकामा एक निजीसहित ३३ विद्यालय सञ्चालनमा छन्। समितिले तयार पारेको पाठ्यक्रम गाउँपालिका अध्यक्ष एवम् शिक्षा समितिका संयोजक टपिन्द्रप्रसाद तिमिल्सिनालाई हस्तान्तरण गरेको छ। 

पाठ्यक्रममा सुनकोशी गाउँपालिकाको परिचय, पालिकाभित्रका संस्कृति संस्कार, प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदा, घरेलु उद्योग, पशुपन्क्षी, माछापालन, हाम्रा पेसा व्यवसाय लगायतका नौ विषयवस्तु समावेश गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक विष्णुप्रसाद न्यौपानेले जानकारी दिए।

पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धि, विषय क्षेत्रगत कार्यघण्टा, विषयवस्तुको विस्तृतिकरण सिकाइ सहजीकरण प्रक्रिया,  सम्भाव्य शिक्षण सिकाइ विधि, विद्यार्थी मूल्याङ्कन लगायतका विषयवस्तु समेटिएका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 03, 2023| 19:46 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्