बिहीबार, साउन ७, २०८३

निलम्बित एसपीका छोराले लेखे प्रधानमन्त्रीलाई पत्र 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टका छोरा किरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेख्दै न्यायका लागि माग गरेका छन्।
 
प्रधानमन्त्रीलाई बुधबार किरणले लेखेको ‘न्यायको लागि खुलापत्र’ मा आफूले बम दिदीबहिनी, निर्मला पन्त र मेयरका भतिजा आयुश बिष्टलाई कहिले नदेखेको, नचिनेको र नभेटेको साथै कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। उनले आफ्नो कल डिटेल, त्यस दिनको लोकेसनले पनि आफ्नो कुनै सम्पर्क र सम्बन्ध नभएको भनी अनुसन्धनबाट समेत पुष्टि भइसक्दासमेत आरोप लगाइएको दाबी गरेका छन्। 

उनले निर्मला पन्तलाई ‘बैनी’ भन्दै सम्बोधन गरेका छन्। किरणले लेखेको पत्रमा भनिएको छ, ‘निर्मला पन्त बैनीको बलात्कारपछि हत्याको दु:खद् घटनामा मेरो कुनै संलग्नता नभए पनि मलाई काल्पनिक, भ्रामक र तथ्यहीन आरोप-प्रत्यारोप लगाई विभिन्न सामाजिक सञ्जालहरूले चरित्र हत्या गर्दा मेरो मानसिक अवस्था, सामाजिक प्रतिष्ठा, वृत्ति विकास र पारिवारिक अवस्थामा गम्भीर प्रभाव परेको छ।’

एक अनलाइन न्युज पोर्टलले घटनाको एक महिनापछि ९ भदौमा आफ्नो चरित्र हत्या हुने गरी झुटो, तथ्यहीन र काल्पनिक समाचार पहिलो पटक प्रेषण गरेको र एक पत्रिकाले आफूप्रति नकारात्मक प्रभाव पर्ने, चरित्र हत्या हुने गरी जनआक्रोस बढ्ने गरी तथ्यहीन, काल्पनिक र भ्रामक समाचार प्रकाशित गर्दै आइरहेको गुनासोसमेत गरेका छन्। 

किरणले २० साउनमा महेन्द्रनगरस्थित होटेल ओपेरामा फोटोसुट कार्यक्रम रहेको र त्यसमा एक मोडेलसहित पाँच जना भएको स्वीकारेका छन्। उनले गलत समाचारका कारणले जिल्ला प्रहरी कार्यालयका नयाँ प्रमुख (प्रहरी उपरिक्षक)ले पटक-पटक सोधपुछ गर्नेदेखि लिएर आफ्नो डीएनए परीक्षणसम्म गरी नकारात्मक र अफवाह फैलाउने कार्य गरिरहेको गुनासो गरेका छन्। 

‘मेरो डीएनए परीक्षण गर्दा नमूना गलत र नतिजा पनि गलत भनी आफ्नो भनाई मात्र सबै सत्य र अन्य सबै गलत भन्ने प्रवृत्तिले समाचार आएका छन्,’ उनले भनेका छन्, ‘राष्ट्रिय मानव अधिकार आयोग र उच्चस्तरीय छानविन समितिले प्रतिवेदन पेश तथा सार्वजनिक गर्दा म र मेरो परिवार र उक्त दिन मसँग कार्यक्रममा सहभागी व्यक्ति कोहीसँग सोधपुछ तथा बुझ्ने कार्य नगरी एक पक्षीय रूपमा तयार गरिएको छ। यस्तो अवस्थामा मेरो मानवअधिकार किन त्यहाँ अटाएन?'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।