शनिबार, असार १३, २०८३

आईपीएलमा मुम्बईसँग बेंगलोरको पराजित

कप्तान फाप डु प्लेसिस र विराट कोहलीको उत्कृष्टठ ब्याटिङसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डिजलाई ८ विकेटले पराजित गरेको छ।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- कप्तान फाप डु प्लेसिस र विराट कोहलीको उत्कृष्टठ ब्याटिङसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डिजलाई ८ विकेटले पराजित गरेको छ।

National life

घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा  प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेका थिए। बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।

कोहलीले ४९ बल खेल्दै ६ चौका र पाँच छक्का मद्दतमा अविजित ८२ रन बनाए। कप्तान प्लेसिसले ४३ बल खेल्दै पाँच चौका ६ छक्का मद्दतमा ७३ रन बनाए। ग्लेन म्याक्सबेलले ३ बल खेल्दै दुई छक्का मद्दतमा अविजित १२ रन जोडे।

मुम्बईका अर्शद खान र क्यामरुन ग्रीनले समान एक/एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले खराब सुरुआत गरेपछि तिलक बर्माको सानदार ब्याटिङमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो।

Shivam cement

मुम्बईका लागि तिलकले ४६ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए। आईपीएलमा डेब्यु गरेका नेहाल वाडेराले १३ बलमा २१ रन जोडे।

सूर्यकुमार यादवले १५ र इशान किसनले १० रन जोडे।अर्शद खानले ९ बलमा अविजित १५ रन बनाए।

बेंगलोरका लागि कर्ण शर्माले दुई तथा मोहमम्द सिराज, रिस टोप्ले, आकाश दिप, हर्शल पटेल र माइकल ब्रेसवेलले समान १ विकेट लिए।

प्रकाशित: Apr 03, 2023| 06:41 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।