बिहीबार, फागुन २८, २०८२

गाउँमै स्वास्थ्य जाँच हुँदा जंगलीपूर्वावासीका स्थानीयलाई सहज

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

बाँके- गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ।

National life

गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा औषधोपचार गर्न पाउँदा वडावासी खुसी भएको स्थानीय अगुवा अजीज बेहनाले बताए। वडाको स्वास्थ्य केन्द्रमा औषधि नपाइने र नेपालगञ्ज जान टाढा पर्ने भएकाले गाउँलेले रोग लुकाएर बस्ने गरेको उनको भनाइ छ।

साविक हिरमिनिया गाविसमा रहेको जङ्गलीपूर्वालगायतका केही गाउँलाई नेपालगञ्ज उपमहानगरपालिकामा गाभेर २३ नं वडा बनाइएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाको फोहर विसर्जन केन्द्र सञ्चालन गर्न यो गाउँलाई उपमहानगरमा गाभिएको हो। वडासँग जोडिएका अन्य गाउँ भने डुडुवा गाउँपालिकाको वडा नं ६ मा पर्दछन्।

उपमहानगरपालिकको फोहर विसर्जन केन्द्रसँग जोडिएको गाउँमा छाला रोगको सङ्क्रमण देखिएपछि स्वास्थ्य शिविर आयोजना गरिएको महासङ्घ बाँकेका प्रमुख कुस्माखर बस्यालले जानकारी दिए।

उनका अनुसार फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट)सँग जोडिएको नेपालगञ्जको वडा २१ र २३ तथा डुडुवा गाउँपालिकाका केही वडालाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो।

Laxmi sunrise bank
kumari

स्वास्थ्य शिविरमा आएका स्थानीय बासिन्दालाई स्वास्थ्य परीक्षणसहित आवश्यक औषधिसमेत उपलब्ध गराइएको छ।

गाउँटोलमै चिकित्सकसहितको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि स्थानीय बासिन्दाले सहजता भएको बताएका छन्। भेरी अस्पताल नेपालगञ्जका छाला रोग विशेषज्ञ डा अनिषा उप्रेती नेतृत्वको टोलीले गरेको स्वास्थ्य परीक्षणमा अधिकांशमा लुतो, चिलाउने, दाद, खुट्टा फाटेकाजस्ता समस्या देखिएको प्रमुख बस्यालले बताए।

नेपालगञ्जको विकट वडाको रूपमा रहेको सो वडामा छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एक सय ८० जनाको स्वास्थ्य परीक्षण भएको थियो।

प्रकाशित: Apr 02, 2023| 14:26 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्