बिहीबार, फागुन २८, २०८२

अनिन्द्राले प्रजनन् क्षमतामा गर्छ असर

अनिन्द्राका कारण तनाव हुने, ब्लड प्रेसरमा समस्या हुने र हृदय रोग लाग्ने जोखिम पनि रहन्छ। स्वास्थ्यका लागि रातमा ६ देखि ८ घण्टा सुत्नैपर्ने हुन्छ।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

स्वास्थ्यलाई स्वस्थ राख्न स्वच्छ आहारसँगै नियमित व्यायाम गर्न सुझाव दिइन्छ। स्वास्थ्यका लागि जसरी स्वच्छ आहार र व्यायामको महत्त्वछ त्यसरी नै मिठो निन्द्राको आवश्यकता हुन्छ। स्वास्थ्य विशेषज्ञहरूले पौष्टिक आहार र व्यायाम जस्तै निन्द्रा पनि स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण भएको बताएका छन्।

National life

अनिन्द्राका कारण मानिसमा थुप्रै स्वास्थ्य समस्याको जोखिम हुन्छ। अनिन्द्राका कारण तनाव हुने, ब्लड प्रेसरमा समस्या हुने र हृदय रोग लाग्ने जोखिम पनि रहन्छ। स्वास्थ्यका लागि रातमा ६ देखि ८ घण्टा सुत्नैपर्ने हुन्छ।

शोधकर्ताहरूले राति पूरा निन्द्रा विभिन्न रोग लाग्नुका साथै प्रजनन् स्वास्थ्यमा पनि असर पर्ने बताएका छन्। महिला र पुरुषमा गरिएको अध्ययनले दुवैमा यस्तो खाले समस्या देखिएको उनीहरूको भनाइ छ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेन्सनका अनुसार निन्द्राको कमिले प्रजनन् क्षमतासँग सम्वन्धित हार्मोन प्रभावित हुन्छन्। मस्तिष्कको 'स्लिप वेक हार्मोन'ले निन्द्रालाई नियन्त्रण गर्छ। निन्द्राको कमी हुँदा यसले महिलाको ओव्यूलेशन र पुरुषको शुक्राणुमा असर गर्छ।

अध्ययनका अनुसार महिलामा लामो समयसम्म अनिन्द्राको समस्या भएमा एस्ट्रोजेन, प्रोजेस्टेरोन, प्रोलेक्टिन र ल्यूटिनाइजिङ्ग जस्ता हार्मोनसहित विभिन्न प्रजनन् सम्बन्धी हार्मोनमा सीधा असर पर्छ। त्यसैले अनिन्द्राको समस्याले बाझोपन जस्तो खोजिम पनि निम्तिन सक्छ।

Laxmi sunrise bank
kumari

वैज्ञानिकका अनुसार पुरुषामा स्वस्थ शुक्राणु उत्पादनका लागि टेस्टोस्टेरोन हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ। सामान्य रुपमा निन्द्राको समयमा यो हार्मोन उत्पादन हुन्छ। बोस्टन विश्वविद्यालयका शोधकर्ता र महामारी विज्ञ प्रोफेसर लारेन वाइजका अनुसार थुप्रै अध्ययनले मिठो निन्द्रा आउने मानिसमा टेस्टोस्टेरोनको स्तर राम्रो पाइएको थियो। 

बोस्टन युनिभर्सिटीका स्कुल अफ पब्लिक हेल्थको एक अध्ययनमा ७९० मानिसमा शोध गरिएको थियो। अध्ययनले ६ घण्टा भन्दा कम निदाउने मानिसमा प्रजनन् सम्बन्धि थुप्रै समस्या पाइएको देखाएको थियो। यसका अलावा जो पुरुष निकै कम वा धेरै ढिलासम्म सुत्थे उनीहरूमा पनि जोखिम ४२ प्रतिशतसम्म पाइएको थियो। 

प्रत्येक दिन व्यायाम गर्दा, सुत्ने र उठ्ने निश्चित समय निर्धारण गर्दा, सुत्ने कोठा सान्त र कम उज्यालो युक्त बनाउँदा, रक्सीको सेवन नगर्दा मिठो निन्द्रा निदाउन सकिने स्वास्थ्य विज्ञहरूले बताएका छन्। अमर उजालाबाट

प्रकाशित: Apr 03, 2023| 06:10 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्