सोमबार, भदौ ८, २०८३

लिभरपुलविरुद्ध म्यान्चेस्टरको फराकिलो जित

म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध सानदार जित दर्ता हासिल गरेको छ।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध सानदार जित दर्ता हासिल गरेको छ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा सिटीले लिभरपुलविरुद्ध ४–१ को एक पक्षीय जीत हासिल गरेको हो।

घरेलु मैदानमा सिटीविरुद्ध लिभरपुलका लागि खेलको १७औं मिनेटमा मोहम्मद सालाको गोलले अग्रता लिएका थिए। तर, सिटीले त्यसको १० मिनेट नवित्दै खेललाई बराबरीमा ल्याएको थियो। जुन बराबरीका लागि सिटीका जुलियन अल्भारेजले २७औं मिनेटमा गोल गरेका थिए। 

पहिलो हाफ बराबरीमा सकिएको भए पनि दोस्रो हाफको सुरुवातीमा ४६औं मिनेटमा केभिन डे ब्रुएनेले गोल गरेपछि सिटीले अग्रता बनाउन सुरु गर्‍यो। त्यसपछि खेलको ५३औं मिनेटमा इल्के गुन्डोगानले सिटीका लागि थप गोल गरेपछि ३–१ ले अघि बढ्यो।  र, अग्रतालाई कायम राख्दै अघि बढेको सिटीले ७४औं मिनेटमा ज्याक ग्रेलिसले गोल गरेपछि सिटीले फराकिलो जित दर्ता गर्‍यो। 

यो जितसँगै सिटीले २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा यथावत छ। तर उसले यो जीतवाट ६९ अंकसहितको शीर्ष स्थानमा रहेको आर्सनलमाथि भने दबाब थपेको छ।

प्रकाशित: Apr 02, 2023| 07:29 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।