बिहीबार, साउन ७, २०८३

राँगोलाई रक्सी खुवाउने मेला भक्तपुरमा सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भक्तपुर- हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनादेखि भक्तपुरमा लाग्ने नौराते मेला शुरु भएको छ । घटस्थापनाको रातिबाट यहाँका नौ वटा बेग्लाबेग्लै शक्तिपीठमा नौ रातसम्म मेला लाग्ने गर्दछ । 

राति मन्दिरमा पूजा तथा दर्शन गर्नेको भीड लाग्ने गर्दछ । नवरात्री मेलाको पहिलो रात भक्तपुर नगरपालिका च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा टोलटोलबाट स्थानीय बाजा बजाउँदै केटाकेटी, युवायुवती, बुढाबुढीसमेत मेलामा सहभागी भएको स्थानीवासी जानकी श्रेष्ठले बताए ।  

नौराते मेलामा पहिलो रात ब्रम्हायणी, दोस्रो महेश्वरी, तेस्रो कुमारी, चौथो भद्रकाली, पाँचौ महाकाली, छैटौँ महालक्ष्मी, सातौँ इन्द्रायणी, आठौँ त्रिपुरासुन्दरी र नवौँ रात बाराहीस्थानमा गरी नौ शक्तिपीठमा मेला लाग्ने गर्दछ । ब्रमहायणीमा भने घटस्थापनाको रात, नवमीको रात र दशमीको दिनभर मेला लाग्ने गर्दछ । 

नवमीका दिन राति गछेंस्थित नवदुर्गा द्यौ छे, अर्थात नवदुर्गा मन्दिरमा रहेको महिषासुर दैत्यको प्रतीक मानिने खम्ये अर्थात राँगोलाई मदिरा खुवाएर लठ्याइ पूजा गरेर लखेट्दै राति नै ब्रह्मायणी पुर्‍याएर बध गर्ने परम्परा छ । भक्तपुरका संस्कृतकर्मीका अनुसार यसअघि मृत्युवरण गरेका नवदुर्गा नाचका गण दशैँ शुरु भएसँगै जीवित हुने विश्वासमा यो जात्रा मनाइन्छ । 

यही रात भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडालाई नगर परिक्रमा गराई ‘पायो न्हयाकेगू जात्रा’ अर्थात खड्गजात्रा मनाइन्छ । नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराको रूपमा यो जात्रा चलिआएको हो । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।