बिहीबार, साउन ७, २०८३

बलात्कारको गलत रिपोर्ट दिने डाक्टर कारबाहीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- बालिका बलात्कारको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतलका दुई डाक्टर कारबाहीमा परेका छन् । धनुषाकी १२ वर्षीया बालिका बलात्कृत भएको घटनामा शारीरिक जाँचका क्रममा बलात्कार नभएको प्रतिवेदन दिने दुईजना चिकित्सक कारबाहीमा परेका हुन् ।

८ भाद्रमा धनुषाकको जनकनन्दनी गाउँपालिका–२ की बलात्कृत बालिकाको नमूना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन दिने डा.विजयकुमार सिंह र डा.रम्भा गोइत कारबाहीमा परेका हुन् । 

दुबैजनलाई नेपाल मेडिकल काउन्सिलले कारबाही गरेको हो । काउन्सिलले उनीहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट बञ्चित गराउने गरी कारबाही गरेको छ ।

काउन्सिलले उनीहरुले न्युनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरित कार्य गरेको देखिएको भन्दै कारबाही गरेको जनाइएको छ । दुबै डाक्टरले ९ भाद्रमा पीडित बालिकाको नमुना परीक्षण गर्दा बलात्कार नभएको प्रतिवेदन दिएका थिए । तर, सोहि बालिकाको २५ भाद्रमा सिरहा अस्पतालका डा.राकेशकुमार सिंहले शरीर परीक्षण गर्दा बलात्कार भएको प्रतिवेदन दिएका थिए ।

यस विषयमा छानबिन गर्न काउन्सिलले डा.कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो । जनकपुर र सिरहामा नमुना परीक्षणको फरक प्रतिवेदन आएपछि खत्री संयोकत्वको छानबिन समितिले दुबै डाक्टरमाथि कारबाही गर्ने निर्णय गरेको हो ।

यसैगरी वयानका लागि बोलाउँदा अटेर गरेर बसेको भन्दै जिल्ला अस्पतालका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टिकरण सोध्ने निर्णय भएको काउन्सिलले जनाएको छ ।

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पीडित पक्षको जाहेरी अनुसार छिमेकी २३ वर्षीय किरण खत्वेलाई पक्राउ गरेको छ । खत्वेले प्रहरी र अदालत दुबै ठाउँमा बलात्कार गरेको स्वीकारी बयान दिएपछि पुर्पक्षका लागि अहिले कारागारमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।