बिहीबार, साउन ७, २०८३

आजका अखबार : वामदेवको रहरले नेकपामा भाँडभैलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले वामदेव गौतम चुनावमा लड्ने तयारी भएपछि नेकपाभित्र असन्तुष्टि चुलिएको विषयलाई प्राथमिकतामा पारेका छन् । 

गौतमलाई सांसद बनाउनै लागि रामवीर मानन्धरलाई राजीनामा दिन लगाइएको भन्दै उपप्रधानमन्त्री इश्वर पोखरेलले नै चर्को असन्तुष्टि जनाएका छन् । जनताले नरुचाएर पराजीत गरेको ब्यक्तिका लागि उपनिर्वाचन गराएर पुनः संसदमा ल्याउन खोज्नु लज्जाजनक काम भएको भन्दै उनले आपत्ति जनाएका छन् ।

गौतमको विषयलाई लिएर पार्टीमा ठूलो विवाद सृजना भएको छ भने काठमाडौं–७ का स्थानीय नेता कार्यकर्ताले उपनिर्वाचन किन भनेर समेत प्रश्न गरेका छन् । 

यसै विषलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले दुबै अध्यक्षलाई स्थानीय नेताको प्रश्नः उपचुनाव किन ? शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले गौतमको रहरले नेकपा शीर्ष तहमै विवाद शीर्षकमा खबर लेखेको छ । अन्नपूर्णले गौतमको इच्छामा पार्टीभित्रै असन्तुष्टि शीर्षकमा खबर प्रकाशित गरेको छ । नयाँ पत्रिकाले काठमाडौं ७ मा उपनिर्वाचन गर्न राज्यको १० करोड शीर्षकमा खबर लेखेको छ । 

यो विषय बाहेक आजको अन्नपूर्णले महँगीको मार शीर्षकमा मुख्य समाचार छापेको छ भने सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ गरेको खबर पनि महत्वका साथ प्रकाशित गरेको  छ ।

नागरिक दैनिकले जनकपुर आइपुग्यो ब्रोडगेज रेल शीर्षकमा मुख्य समाचा छापेको छ भने स्थानीय सरकारले प्रदेशलाई टेर्न छाडेको विषयलाई विशेष महत्वका साथ प्रकाशित गरेको छ । 

कान्तिपुरले विभिन्न जातजाति मिलेर नुवाकोटको बेलकोटगढीमा जमरा राख्ने गरेको विषय, क्यालेन्डरबिनै संसद् चल्ने गरेको विषय र मालबाहक रेल जनकपुरमा आएको विषयलाई पहिलो पृष्ठमा छापेको छ । डोजरले मच्चाएको उधुमलाई फलोअप गर्दै आजको नयाँ पत्रिकाले यसै विषयलाई मुख्य समाचार बनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।