बिहीबार, फागुन २८, २०८२

बागमती प्रदेशमा एक लाख १ हजार ७३३ जनाले एसईई परीक्षा दिंदै

 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

बागमती- बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदै छन्।

National life

गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको सङ्ख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार गत वर्ष एक लाख सात हजार छ सय २५ विद्यार्थी परीक्षामा सहभागी थिए।
 
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालनमा रहेको परीक्षा भोलि १७ गते शुक्रबारदेखि सुरु हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जानकारी दिइन्। बागमती प्रदेशको १३ वटै जिल्लामा सो परीक्षाका लागि जनशक्ति परिचालन, परीक्षा केन्द्रको निर्धारण, प्रश्नपत्र र कापी पुर्‍याउनेलगायतका काम भइसकेको उनले बताइन्।

यही चैत २९ गतेसम्म हुने उक्त परीक्षाका लागि बागमती प्रदेशभरिमा चार सय ३४ परीक्षा केन्द्र कायम भएको बताइएको छ। यो वर्षको एसईई परीक्षामा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ३६ हजार पाँच सय ७७ र सबैभन्दा कम रसुवा जिल्लाबाट छ सय २८ विद्यार्थीले परीक्षा दिने भएका छन्।

निर्देशनालयका अनुसार काठमाडौंमा एक सय २३ र रसुवामा पाँच वटा परीक्षा केन्द्र तोकिएको छ। शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको तथा परीक्षा तालिकाअनुसार भोलि चैत १७ गते बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुने निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिए।

प्रश्नपत्र नजिकको प्रहरी चौकी र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुर्‍याउने काम भइसकेको तथा सुरक्षाको व्यवस्थासमेत भइसकेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 30, 2023| 18:34 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्