बिहीबार, साउन ७, २०८३

अनलाइनमार्फट बसको टिकट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- लुम्बिनीदेखी काठमाण्डौं, बेलहियादेखी काठमाण्डौं, भैरहवादेखी काठमाण्डौं र बुटवलदेखी काठमाण्डौंसम्म जाने आउने यात्रुकोलागी अब बस काउन्टरमा दौडधुप गर्न नपर्ने भएको छ। घरमै बसीबसी प्लेनको टिकट काटे जस्तै गरी ट्राभल्समार्फत बसको टिकट बुक गर्न सकिने भएको छ।

ट्राभल्स नेपालको हरियो प्लेटको २८ सिटे पर्यटकीय बस यसैहप्तादेखी विहान साढे छ बजे लुम्बिनीबाट काठमाण्डौंकोलागी छुटिरहेको बसका सन्चालक पर्यटन व्यवसायी सागर अधिकारीले जनाए।

उक्त बस ७ बजे बेलहिया, सबा ७ बजे भैरहवा र ८ बजे बुटवलबाट छुट्ने गरेको छ। यसैगरी काठमाण्डौंबाट भैरहवा बुटवल तर्फ आउनेकोलागी गौशालाबाट साढे छ बजे, सुन्धाराबाट ७ बजे, सबा ७ बजे सोह्रखुट्टे र साढे ७ बजे कलंकीबाट उक्त बस छुट्ने गरेको छ।

काठमाण्डौंबाट दशैं मनाउन घर फर्किने बसको टिकट लिन बसपार्कमा रातभरी लाइनमा बस्नुपर्ने झन्झटलाई पनि अनलाइन बुकिङ प्रणालीले सहज बनाईदिने अपेक्षा सन्चालकले गरेका छन्। उक्त बसको भाडा ११ सय रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।