बिहीबार, साउन ७, २०८३

रेल हेर्न जनकपुर स्टेशनमा सर्वसाधारणको भिड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुर रेलवे स्टेशनमा पहिलो पटक ५३ बोगीसहितकको रेल पुगेको छ। भारतको झारखण्डबाट ब्लास्ट (रेलवे लिकमा प्रयोग गरिने गिट्टी) बोकेर ५३ बोगीसहितको रेल बुधबार जनकपुर पुगेको हो। 

यसअघि जयनगर रेलवे स्टेशनदेखि दुहबी स्टेशनसम्म यति संख्या भएको बोगीसहितको रेल पुगेको थियो। जयनगर–जनकपुर रेलमार्गको लिकभित्र ब्लास्ट राख्न भारतको झारखण्डबाट हिँडेको मालबाहक रेल जनकपुरसम्म पुगेको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए।

ओझाका अनुसार प्रतिघण्टा ७ देखि १० किलोमिटरको गतिमा आएको मालबाहक रेलमा सवार मजदुरहरुले लिकमा ब्लास्ट झार्दै जनकपुरसम्म पुगेका हुन्। जयनगरदेखि कुर्थासम्म रेल सञ्चालनगर्न ३ हल्ट र ५ स्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। यसैगरी स्टेशन भवन, आवास निर्माण लगायतका निर्माण कार्य लगभग पुरा भइसकेको छ।

भारतको रेल निर्माण कम्पनी इरकोनले इन्टरनेसनलले जयनगर-कुर्थासम्म ब्रोडगेज रेलमार्ग निर्माण गरेको हो।

भारतबाट हिँडेको रेल जनकपुर स्टेशन पुगेपछि रेल हेर्न ठुलो संख्यामा स्थानीयहरुको भीड जुटेको थियो। कतिपय स्थानीयहरु मन्द गतिमा हिँडदै गरेको मालबाहक रेलमा सवार भएर पहिलो पटक ब्रोडगेज रेलको आनन्दसमेत लिएका थिए। 

भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–जनकपुर–कुर्था रेलमार्गमा यसअघि जयनगरदेखि दुहबीसम्म रेलको सफल परीक्षण गरिएको थियो।
 
आगामी मंसिर महिनामा विवाह पञ्चमीको अवसर पारेर रेलमार्ग उद्घाटन गर्ने तयारी चलिरहेको छ। भारतको सहयोगमा नेपालमा पहिलो पटक निर्माण गरिएको ब्रोडगेज रेलको उद्घाटन गर्न भारती प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने संभावना रहेको बताइएको छ। यद्यपी यस विषयमा औपचारीक निर्णय हुन बाँकी रहेको रेलवेका अधिकारीहरु बताउँछन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।