आइतबार, कात्तिक ९, २०८२

एपीएफलाई ललितपुर मेयर महिला च्याम्पियनसिप उपाधि 

कोसी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपीएफले उपाधिमाथि कब्जा जमाएको हो।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं– विभागीय टिम नेपाल एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार भएको खेलमा कोसी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपीएफले उपाधिमाथि कब्जा जमाएको हो।

Kumaribank

कोसीका लागि कप्तान रुविना क्षेत्रीले ३५, लकिता राजवंशीले अविजित २१ र अप्सरी बेगमले १० रन बनाए। बलिङतर्फ एपीएफका बिनु बुढाले दुई रेखा रावल, सोनु खड्का र नेरी थापाले समान १–१ विकेट लिए । १५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कोसीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०० रन मात्रै बनायो।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा एक विकेटको क्षतिमा १५४ रन बनाएको थियो।

एपीएफका लागि कप्तान सीता राना मगरले अविजित ७९ रन बनाइन्। उनले ६८ बलमा ९ चौका र दुई छक्का प्रहार गरिन्। त्यस्तै, इन्दु बर्माले ४१ बलमा ५ चौका र एक छक्का प्रहार गरेर अविजित ५१ रन बनाइन्।

प्रकाशित: Mar 30, 2023| 13:56 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।