बिहीबार, फागुन २८, २०८२

म्याद गुज्रिएका सामान बेच्ने वीरगञ्जका दुई उद्योग सिल

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

पर्सा- म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका-१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ।

National life

अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि वीरगञ्ज महानगरपालिका-१३ श्रीपुरस्थित श्रवण रुङटाको घरमा सञ्चालित फुडको नेपाल प्रालि र स्न्याक एन्ड प्याक इन्डिस्ट्रज सिल गरेको हो।

घर भाडामा लिएर सञ्जय अग्रवाल, विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्तरूपमा सञ्चालन गर्दै आएको दुवै उद्योगमा छापा मारेर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

म्याद गुज्रिएका खाद्यवस्तु रिलेब्लिङ गरी बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य तथा गुणस्तर कार्यालय वीरगञ्ज र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त टोलीले ठूलो परिमाणमा म्याद गुज्रिएको सामान प्याकिङ भइरहेको फेला पारेपछि सिल गरिएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ।

सो क्रममा उद्योगभित्र प्याकिङ गरिरहेका स्थानीय ३२ वर्षीय मनिषकुमार चौधरी, वीरगञ्ज-७ निवासी २३ बर्षीय आयुष अग्रवाल र वीरगञ्ज-१४ निवासी ३८ वर्षीय हरिनारायणप्रसाद कुर्मीलाई पक्राउ गरिएको छ।

Laxmi sunrise bank
kumari

उद्योगका सञ्चालक भने फरार छन। दुवै उद्योगबाट करिब ९१ लाखभन्दा बढी मूल्य बराबरको म्याद गुज्रिएका ड्राइफुड्स (लालमोहन, चिप्स, चकलेट, ससेज, जाम, फुलनदाना इत्यादि) बरामद भएको प्रवक्ता गिरीले जानकारी दिए।

प्रकाशित: Mar 29, 2023| 19:25 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्