बिहीबार, साउन ७, २०८३

‘हत्या हिंसाबाहेक सरकारले केही दिन सकेन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिलेको सरकारले हत्या, हिंसा र महँगाइबाहेक जनतालाई अरु केही दिन नसकेको आरोप लगाएका छन् ।

निधिले पछिल्लो सात महिनाको अवधिमा मुलुकमा महँगाइ, हत्या, बलात्कार, महिला हिंसा तीव्र रुपमा बढेपनि सरकार नियन्त्रण गर्न असफल हुनुका साथै दोषीलाई कारवाहीसमेत गर्न नसकेको बताए ।

नगराईन नगरपालिकाको लगमामा नवनिर्मित दुर्गा मन्दिरको बुधबार उद्घाटन गर्दै उपसभापति निधिले दुई तिहाइ बहुमतको सरकारले विकास निर्माण जस्ता कार्यलाई अलपत्र पारेको आरोप लगाउँदै जनताको पक्षमा कुनै काम गर्न नसकेको जिकिर गरे । मुलुकमा बढ्दै गएको हत्या हिंसाबारे सरकारमा सहभागी दलहरुले जबाफ दिनुपर्ने उनले बताए ।

मुलुक संघीय संरचनामा गइसकेपनि केन्द्र सरकारले प्रदेशलाई अधिकार दिन नचाहेको र प्रदेशले अधिकार लिने प्रयास पनि गर्न नसकेको उनको भनाई थियो ।

संविधान संशोधनलाई चुनावी नारा बनाएको मधेश केन्द्रित दलहरु अहिले सत्तामा पुगिसेकेपछि संशोधनको कुरा बिर्सिसकेको निधिले बताए । ‘मधेशवादी दलहरुले संविधान संशोधनलाई मुद्दा बनाए,’ निधिले भने, ‘अहिले प्रदेश २ मा त्यसको सरकार छ, केन्द्र सरकारलाई समर्थन गरेको छ । संविधान संशोधन किन हुन सकेको छैन् ?’

बिना संशोधन सरकारमा नजाने अडानमा बसेकाहरु अहिले संविधान संशोधन भुलेका छन् निधिको भनाई थियो । ‘हामीले पहिले पनि भनेका थियौं संविधानमा संशोधन आवश्यक छ र अहिले पनि संशोधनको पक्षमा छौं,’ निधिले भने, ‘संविधान सर्वस्वीकार्य बनाउन संशोधनको विकल्प छैन् ।’

नेकपा र मधेशवादी दल सम्मलित सरकारले जनतलाई असह्य हुनेगरी कर बढाएको भन्दै नागरिकलाई भार नपर्ने गरी कर निर्धारण गर्न उनले नगराईन नगरपालिकाका मेयरलाई आग्रह गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।