बिहीबार, फागुन २८, २०८२

एसईईको सम्पूर्ण तयारी पूरा

यस वर्ष २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले एसईई परीक्षा दिँदैछन्।
 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको बताएको छ। बुधबार बोर्डले आउँदो शुक्रबार १७ चैतदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

National life

यस वर्षको परीक्षामा ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताए। उनका अनुसार यस वर्ष २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले एसईई परीक्षा दिँदैछन्।

परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रमा पठाइसकिएको उनको भनाइ छ।बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थी एसईईमा सहभागी हुनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले जापानबाटै परीक्षा दिन लागेका हुन्।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा बढी बागमती प्रदेशमा १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ।

सबैभन्दा कम कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 29, 2023| 10:32 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्