बिहीबार, साउन ७, २०८३

प्याब्सन धनगढी उपमहानगर समितिको अध्यक्षमा साउँद 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) धनगढी उपमहानगर समितिको अध्यक्षमा पदमसिहं साउँद निर्विरोध चयन भएका छन् । तत्कालीन धनगढी उपसमितिको संयोजक समेत रहेका साउँद उपमहानगर समितिको अध्यक्षमा चयन भएका हुन् ।

प्याब्सन धनगढी उप–समितिबाट प्याब्सन धनगढी उपमहानगर समितिका लागि ११ जनाको चयन गरिएको छ। ११ जना मध्यबाट लामो समय शिक्षा क्षेत्रमा योगदान दिएका साउँद प्याब्सन धनगढी उपमहानगर समितिको अध्यक्षमा चयन भएका हुन् । 

साउँद मयुर इंग्लिस बेर्डिङ हाई स्कुलका धनगढी चौराहका प्रिन्सिपल हुन् । उनीसँगै उपाध्यक्षमा राम प्रसाद उपाध्याय, सचिवमा बिक्रम सर्मा, कोषाध्यक्षमा आशिष बिनाडी, सह सचिवमा बिना रिजाल निर्बिरोध चयन भएका छन्।

सदस्यमा डिकेन्द्र कुवँर, जगन्नाथ जोरा, नरेन्द्र सिहँ, देवकी चन्द, शुसिल चन्द र पबित्रा लामा चयन भएको नव निर्वाचित अध्यक्ष साउँदले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।