शुक्रबार, फागुन १, २०८२

प्रधानमन्त्री थ्री नेसन्स कप: बराबरी गोलसँगै भुटान बाहिरियो

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- 'प्रधानमन्त्री थ्री नेसन्स कप'को लिग चरणको अन्तिम खेल नेपाल र भुटानबीच बराबरी भएको छ। भुटानले घरेलु टोली नेपालविरुद्ध पहिलो हाफको १९औं मिनेटमा गरेको गोल अग्रता बचाउन नसक्दा बराबरीमा रोकियो।

भुटानका लागि दावा छिरिङले प्रहार गरेको बल तेन्जिङ नोर्बुको हेड गोल गरेका थिए। नेपालले बराबरीको लागि ९० मिनेटसम्म कुर्नुपर्‍यो। नेपालका लागि दिपकराजसिंह ठकुरीले गोल गरे।
योसँगै भुटान यो प्रतियोगिताबाट बाहिरिएको छ। अब फाइनलमा नेपाल र लाओसबीच खेल हुनेछ।

१३ पटक नेपालसँग खेल्दा भुटानले आज पहिलो पटक बराबरी खेल खेलेको हो। १२ खेलमा नेपालले जित हात पारेको थियो।  फाइनल खेल चैत १७ गते हुनेछ।

प्रकाशित: Mar 28, 2023| 20:21 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।