बिहीबार, फागुन २८, २०८२

थप २४ जनामा कोरोना संक्रमण

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

देशभर २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो तथ्यांक गत दुई दिनमा प्राप्त एकमुष्ट विवरण हो। 

यही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन्। त्यस्तै, २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

केही दिनयता कोरोना संङ्क्रमण बढिरहेको छ। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Mar 28, 2023| 17:07 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्