बिहीबार, फागुन २८, २०८२

इलामको उपचार सहायता कोषमा ५७ लाख रकम जम्मा

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

इलाम- रकम अभावमा उपाचार गराउन नसक्नेलाई सहयोग गर्ने उद्देश्यले स्थापित ‘सहयोगी हातहरू’ नामक संस्थाको कोषमा ५७ लाख जम्मा भएको छ।

National life

इलाममा आर्थिक स्थिति कमजोर भइ उपचार गराउन नसक्नेका लागि सहयोग गर्न संस्था स्थापना गरिएको हो। संस्थाले अक्षयकोष स्थापना गरेर आर्थिक सहयोग वितरण गर्दै आएको छ।

संस्थामा अक्षय कोषमा ५७ लाख ५५ हजार जम्मा भएको अध्यक्ष रतन चौधरीले जानकारी दिए। २०७२ मा स्थापना भएको संस्थामा सात वर्षको अवधिमा उक्त रकम जम्मा भएको हो।

संस्थामा सहयोग माग्न आउनेलाई सम्बन्धित वडा तथा पालिकाको सिफारिस बनिएपछि नगद पाँच हजार वितरण गर्दै आइएको छ। संस्थाबाट हालसम्म दुई सय ३७ जनाले सहयोग प्राप्त गरेको सचिव रीता अधिकारीले बताइन्।

अक्षय कोषको रकम एक करोड पुर्‍याउने संस्थाले लक्ष्य लिएको छ। संस्थाको अक्षय ९१ जना सदस्य आवद्ध छन। पछिल्लो समय संस्थामा विभिन्न संघ  संस्था संस्था बैंक तथा वित्तीय संस्थाबाट पनि सहयोग प्राप्त भइरहेको छ।

Laxmi sunrise bank
kumari

व्यक्तिगतरूपमा जन्मदिन, खर्च, विवाह वर्षगाँठ तथा उत्सवमा गरिने अनावश्यक खर्चबाट कटाएर भएपनि संस्थामा सहयोग गर्ने क्रम बढेको छ।

प्रकाशित: Mar 28, 2023| 22:16 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्