बिहीबार, साउन ७, २०८३

कांग्रेसको सर्कुलर : विरोध र मेलमिलाप सँगसँगै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा विरोध र मेलमिलापका कार्यक्रम १० दिनभित्र गरिसक्न पार्टीका सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ।

महामन्त्री पूर्णबहादुर खड्काले हस्ताक्षर गरेको दुई बुँदे निर्देशनमा २८ असोजमा हरेक जिल्लामा विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन र ७ कात्तिक कोजाग्रत पूर्णिमाको दिन चियापान तथा मेलमिलाप कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ।

खड्काले मंगलबार सबै जिल्लाका सभापतिलाई लेखेको पत्रमा कोजाग्रत पूर्णिमाका दिन ७ कात्तिकमा जिल्लास्तरीय रूपमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी सबै राजनीतिक दलका स्थानीय नेतालाई समेत चियापान कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ। पहिलो पटक कांग्रेसले 'सामाजिक सदभाव र सुसंस्कृत व्यवहार अभिवृद्धि गरौं' भन्ने नाराका साथ शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न निर्देशन दिएको हो।

यसअघि कांग्रेसले यस्तो चियापान केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौंमा मात्र गथ्र्यो। ०३३ सालमा भारत निर्वासनबाट जननेता बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछिका हरेक कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रमका साथ शुभकामना आदानप्रदान गर्ने प्रचलन बसेको हो।
 
२०३३ सालदेखि काठमाडौंमा शुरु भएको चियापान कार्यक्रम यसपालि जिल्ला तहसम्म विस्तार गर्दै कांग्रेस। साथमा सरकारविरोधी आन्दोलनका कार्यक्रम पनि अगाडि बढाइँदै।


यसपालि यस्तो कार्यक्रम केन्द्रका साथै जिल्लामा पनि गर्न निर्देशन दिइएको रोल्पा जिल्ला सभापति अमरसिंह पुनले नेपाल समयलाई बताए। कार्यक्रममा केन्द्रकै शैलीअनुरूप जिल्ला तहका सबै राजनीतिक दलका नेतृत्व, सञ्चारकर्मी, संघसंस्था, पेशागत संगठन, बुद्धिजीवी, व्यवसायी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरू, प्रहरी, प्रशासन, स्थानीय तहको नेतृत्व एवं पार्टीका साथीहरूलाई निम्ता गर्न भनिएको छ।

पत्रमा २८ असोज आइतबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला समितिको संयोजनमा ज्ञापनपत्र बुझाउन निर्देशन दिइएको छ। बजार मूल्यमा भएको वृद्धि र राष्ट्रव्यापी कर आतंक तथा चाडपर्वमा बजार मूल्य चर्को ढंगले बढेको सन्दर्भमा गत माघ महिना र हाल दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको फरकसमेत उल्लेख गर्न भनिएको छ।

'जिल्लाकै कुनै बजारबाट चिनी, दाल, चामल, प्याज, गोलभेंडा, तरकारी, ग्यास, तेल एवं रड, सिमेन्टलगायत सामग्रीको मूल्य संकलन गरी ज्ञापनपत्रमा उल्लेख गर्नु,' खड्काले लेखेको निर्देशनमा भनिएको छ, 'ज्ञापनपत्र बुझाउन जाँदा जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र शुभेच्छुक संस्थाका प्रमुखलाई सूचित गरी सहभागी गराउनु होला।'

ज्ञापनपत्रको प्रति सञ्चारकर्मीलाई उपलब्ध गराउन र सामाजिक सञ्जालमार्फत व्यापक ढंगले सुसूचित गराउनसमेत महामन्त्रीले निर्देशन दिएका छन्। कांग्रेसले यसअघि साउनमा पनि मूल्यवृद्धि र बलात्कारको घटनाका विषयलाई लिएर ज्ञापनपत्र बुझाएको थियो। त्यसबेला संविधान कार्यान्वयनमा सरकारले देखाएको उदासिनता र संविधानको मूल मर्म र भावनाविपरित एउटै दलको सभामुख र उपसभामुख भएकाले एकले राजिनामा दिनुपर्ने माग गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।