बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालीको सास्ती बुझ्न मुख्यमन्त्री भट्ट पुगे गौरीफन्टा नाका

नेपालीको सास्ती बुझ्न मुख्यमन्त्री भट्ट पुगे गौरीफन्टा नाका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीको गौरीफंटा नाकाको निरिक्षण गरेका छन् । 

चाडपर्व शुरु भएसंगै दशै मनाउँन घर फर्केका नेपाली सिमा नाकामा बर्षनी व्यवहोरनु परेको सास्तीका बारेमा मुख्यमन्त्री भट्टले जानकारी लिएका हुन्।  

धनगढीको गौरीफंटा नाका बाट मात्रै दैनिक हजारौ नेपाली दशै मनाउँने घर आईरहेका छन् । भारतका दुख कष्ट गरी कमाएर ल्याएको केहि रकम सिमानामा लुटिने क्रम यो बर्ष भने केहि कमी भएको छ । 

नाकाको निरीक्षणपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलेका बर्ष भन्दा यस बर्ष सिमा नाकामा नेपालीलाई केहि सहज भएको बताए । उनले धनगढीसंगै प्रदेशको अर्को नाका गड्डाचौकी र टीकापुरमा पनि सहज भएको जानकारी दिए । 

सिमानाको अनुगमनामा कैलालीका प्रमुख जिल्ला अधिकारी, बाबुराम श्रेष्ठ, कैलाली प्रहरी प्रमुख विनोद घिमिरे र शसस्त्र प्रहरीका डिएसपी विष्णु प्रसाद भट्टको सहभागिता थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।