बुधबार, जेठ २४, २०८०

कोसी नामकरणको विरोधमा तनावग्रस्त बन्यो विराटनगर

प्रदेशको नाम कोसी बदलेर जातीय पहिचान झल्किने नाम राख्नुपर्ने मागसहित विरोधमा उत्रिएका पहिचानवादी समर्थकले ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको हो। 
 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं– प्रदेश १ लाई कोसी नामकरणको विरोधमा उत्रिएका पहिचान पक्षधर विभिन्न जातीय संघ–संस्थामा आबद्ध समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ।

Everest Bank

प्रदेशको नाम कोसी बदलेर जातीय पहिचान झल्किने राख्नुपर्ने मागसहित विरोधमा उत्रिएका पहिचानवादी समर्थकले ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको हो। 

प्रदेशसभाले प्रदेशको नाम कोसी राखेको विरोधमा पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन्। ५ चैतको आन्दोलनमा घाइते पदम लिम्बूको उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो। 

मंगलबार प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका छन्। सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

विराटनगरको होटल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदलाई दबाब दिन पुगेका पहिचान पक्षधरले प्रहरीको घेरा तोडेपछि झडप सुरु भएको हो।

Metro Mart
worldlink

झडपका कारण विराटनगर तनावग्रस्त बनेको छ। युएनडीपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटलमा राखिएको थियो। पहिचान पक्षधरले उत्पात मच्याइने चेतावनी दिएपछि असुरक्षा देखाएर विराटनगरको होटल बिगमा कार्यक्रम सारिएको थियो।

दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सबै सांसद सहभागी हुँदै छन्। सांसद र प्रदेश सरकारलाई दबाब दिन पहिचानवादीले होटल घेराउ गर्दा झडपको स्थिति बनेको हो।

प्रकाशित: Mar 28, 2023| 02:17. 00 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्