मंगलबार, वैशाख ८, २०८३

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ काठमाडौंबाट पक्राउ

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

National life
kumari

काठमाडौं- बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार दिन कैद र १४ लाख ४८ हजार जरिवाना ठहर गरेको थियो। अदालतको उक्त फैसलापछि श्रेष्ठ फरार थिए। 

श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जको टोलीले  ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि नख्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Mar 28, 2023| 14:17 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्