शुक्रबार, फागुन १, २०८२

नेपालले ओलम्पिक छनोटको पहिलो चरणमा भियतनामसँग खेल्ने

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- पेरिस ओलम्पिक छनोटअन्तर्गत पहिलो चरणको खेलमा आउँदो अप्रिल ५ देखि ८ सम्म नेपालमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

सो प्रतियोगिताको लागि भियतनाम अफ्रिल ३ तारिखमा नेपाल आउने एन्फाले जनाएको छ। ४३ लाख लागत अनुमान गरिएको सो प्रतियोगिता पेरिस ओलम्पिक २०२४ को लागि छनोट रहेको छ। 

तर यसमा दुई टिम मात्र समावेश हुनेछन्। प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र खेल्ने भएको हो ।
यी दुई टिमले अप्रिल ५ मा पहिलो र ८ तारिख (चैत २२ र २५ गते)मा दोस्रो खेल खेल्नेछ। 
छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्।
  
प्रतियोगितामा साधारणतर्फ दर्शकको टिकट ३०० रहेको छ भने भीआईपीतर्फ एक हजार रहेको छ।  यो प्रतियोगिताको लागि अन्नत राज थापाको प्रशिक्षणमा नेपाली महिला फुटबल टिम बन्द प्रशिक्षणमा रहेको छ।

प्रकाशित: Mar 27, 2023| 19:52 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।