आइतबार, कात्तिक ९, २०८२

नेपालले आयोजना गर्दै ओलम्पिक छनोटको खेल 

नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने बताएर नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्रै स्पर्धा हुने। 
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं– फ्रान्सको पेरिसमा हुने महिला ओलम्पिक फुटबल २०२४ प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ। 

Kumaribank

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने यो प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ।

नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो। 

उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ। एसियाली राष्ट्रलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ। नेपालमा आयोजना हुने पहिलो चरणको खेल आगामी २२–२५ चैतमा दशरथ रंगशालामा हुनेछ। 

Metro Mart

खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्याराफिटतर्फ ३ सय र भीआईपी प्याराफिटतर्फ १ हजार कायम गरिएको एन्फाले जनाएको छ। प्रतियोगिताका लागि करिब ४३ लाख खर्च लाग्ने आयोजकको भनाइ छ।

प्रकाशित: Mar 27, 2023| 16:57 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।