बिहीबार, जेठ १८, २०८०
  • गृहपृष्ठ
  • समाज
  • हिन्दू परिषद्का केन्द्रीय सदस्यले चलाएको चिकेन स्टेसनमा गाईको मासु

हिन्दू परिषद्का केन्द्रीय सदस्यले चलाएको चिकेन स्टेसनमा गाईको मासु

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेको पाइएको हो।
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं- मधेशी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ।

Everest Bank

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेपछि विभिन्न हिन्दू संघसंगठनहरुले मधेशी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्न उजुरी दर्ता गराएका थिए।

सो उजुरी प्राप्त भएपछि आयोगका अध्यक्ष विजयकुमार दत्तको निर्देशनमा आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेसनलाई कारवाही गर्न पत्राचार गरेको हो। आयोगका अध्यक्ष दत्तले राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरुले पूजा गर्ने गाईको मासु बेच्नु गैरकानुनी क्रियाकलाप रहेको बताउँदै आयोगले यो विषयमा तुरुन्त कारवाही गर्न गृहलाई पत्र पठाइएको बताएका छन्। अध्यक्ष दत्तले यस्ता गैरकानुनी काम गर्ने जो-सुकैलाई पनि आयोगले कानुनी दायरामा ल्याई कारवाही गरिने बताए।

आयोगले सामाजिक सञ्जाल फेसबुकमा मो. कबिर नाम गरेको व्यक्तिले हिन्दू धर्मका देवी देवतामाथि अपशब्द प्रयोग गरी सम्पूर्ण हिन्दू धर्मावलम्बीमाथि प्रहार गर्नेलाई समेत कानुनी दायरामा ल्याई  तुरुन्त कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ। 

National life insurance
Metro Mart

प्रकाशित: Mar 27, 2023| 04:50. 00 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्