बिहीबार, फागुन २८, २०८२

विद्यालयमै प्राथमिक उपचारको व्यवस्था

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

National life
Laxmi sunrise bank
kumari

तनहुँ- व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु गरेको छ। विद्यालयले आन्तरिक स्रोतबाट स्थास्थ्यकर्मीको व्यवस्था गरी छात्रछात्राको प्राथामिक उपचार सुरु गरेको हो।

यसका लागि नर्स सुनिता जोशीलाई नियुक्त गरेको छ। सरकारी सुविधा सरह तलब प्रदान गरी विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मी राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिइन्।

विद्यार्थी घाइते भएमा, बिरामी भएको अवस्थामा विद्यालयमै प्राथामिक उपचार सेवा प्रदान गर्न विद्यालयले चिकित्सकको व्यवस्था गरेको हो। उनले भनिन् ‘विद्यार्थीमा जटिल किसिमका अवस्था भएमा अभिभावकलाई बोलाएर जिम्मा लगाइ अस्पतालसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ।’ विद्यालयमा दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन्। 

प्रकाशित: Mar 27, 2023| 19:44 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्