सोमबार, वैशाख २८, २०८३

चिकित्सा विज्ञान प्रतिष्ठानबाटै ५१ प्रतिशत पदाधिकारी नियुक्त गर्न माग

युनियनले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति प्रचण्डलाई पत्र सम्प्रेषित गर्दै रिक्त विभिन्न पदाधिकारी नियुक्तिमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारीलाई प्राथमिकतामा राख्न माग गरेको हो।
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

National life

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा आबद्ध कर्मचारी युनियनले पदाधिकारी नियुक्त गर्दा ५१ प्रतिशत प्रतिष्ठानकै चिकित्सक, कर्मचारीलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ।

सोमबार युनियनले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई पत्र सम्प्रेषित गर्दै प्रतिष्ठानमा रिक्त विभिन्न पदाधिकारी नियुक्त गर्न माग गरेको हो।

प्रतिष्ठान सेवाका प्राध्यापक र वीर अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीमध्येबाट ५१ प्रतिशत पदाधिकारी नियुक्त गर्न कुलपति प्रचण्डको ध्यानाकर्षण गराइएको युनियनका अध्यक्ष डा. प्रकाशबहादुर थापाले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार हाल प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेका छन्।

प्रकाशित: Mar 27, 2023| 13:01 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्