बिहीबार, फागुन २८, २०८२

बढ्न थाले कोरोना संक्रमित, आज १६ जना थपिए

पछिल्लो समय शून्यमा झरेको संक्रमण फेरि  बढेको भन्दै विज्ञहरुले सचेतना बढाउन आग्रह गरेका छन्। 
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर २७९ पीसीआर तथा ६४२ एन्टिजेन परीक्षण भएको थियो।

National life

केही दिनयता कोरोना संक्रमित बढ्न थालेका छन्। हिजो शनिबार ३ जनामा संक्रमण देखिएको थियो भने शुक्रबार पनि दुई जना थपिएका थिए। बिहीबार भने  १७ जनामा संक्रमण देखिएको थियो। 

पछिल्लो समय शून्यमा झरेको संक्रमण फेरि  बढेको भन्दै विज्ञहरुले सचेतना बढाउन आग्रह गरेका छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भने भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ।

आइतबार २ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Mar 26, 2023| 17:40 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्